sevenstartv.com १६ वैशाख २०८३, बुधवार

सरकारद्वारा थप तीन अध्यादेश राष्ट्रपति कार्यालय पठाइयो

१६ वैशाख २०८३, बुधवार स्टार संवाददाता

काठमाडौं । सरकारले थप तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार, बुधबार थप तीन वटा अध्यादेश जारी गर्न सरकारले सिफारिस गरेको जनाइएको छ । विश्वविद्यालय, स्वास्थ्य र केही नेपाल ऐन संशोधन गर्न बनेका अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस भएको बताइएको छ ।

यसअघि सोमबार सरकारले दुई वटा अध्यादेश जारी गर्न सिफारिस गरेको थियो । त्यतिबेला सहकारी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सिफारिस गरेको थियो । ससंद स्थगन गरेर सरकारले राष्ट्रपति समक्ष पठाएका अध्यादेश अविलम्ब फिर्ता गर्न विपक्षी चार दलले आग्रह समेत गरेका छन् ।

स्थगन गरिएको सङ्घीय संसद्को अधिवेशन अविलम्ब आह्वान गर्न चौतर्फि दवाब आएका बेला सरकारले थप तीन वटा अध्यादेश राष्ट्रपतिसमक्ष पठाएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्