धर्तीमा मानव सृष्टी र सभ्यताको शुरुवात गर्ने को थिए : हर्क साम्पाङ राई
हर्कले मागे प्रधानमन्त्री शाहको राजीनामा
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले सरकार र प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलि प्रति आक्रोस पोखेका छन् । सरकाले चालेको अनुचित कदमका कारण निमुखा जनता मारमा परेको अभिव्यक्ति दिदैं हर्कले प्रधानमन्त्री शाहले मानवताविरोधी गतिविधि गरेको आरोपसहित प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।
सामाजिक संजाल फेसबुक मार्फत आफ्ना धारणा राख्दै हर्कले भनेका छन, जस्को पूर्खाले यो धर्तीमा मानव सृष्टी र सभ्यताको शुरुवात गरे आजै उनैलाई छद्मभेषीहरुले तेरो जमीन छैन, तेरो अस्थित्वछैन, तेरो संस्कृति छैन भन्दै कानुनका शन्द रुपी मन्त्र र तन्त्रहरुले अमानव बनाएर अनागरीक बनाउन तिर सुकुमबासी बनाइदिए , भत्किएका ती घर होइनन् भत्किएका त अस्थित्व हुन् ।
हरेक कुरामा सेना, प्रहरी बुट–लठ्ठी र बन्दुक देखाएर जनतामा त्रास पैदा गर्नु सरकारको घर्म नभएको उनको ठहर छ। एउटा तीनरचार जना मान्छेको सानो समूहलाई पनि सयौँको संख्यामा प्रहरी देखाएर आतङ्कित बनाउने सुकुम्बासीको लगत सेनाबाट संकलन गर्ने । सबै कुरामा राज्य आतङ्क मच्चाएर मानवताविरोधी गतिविधि गरिरहेको छ’, साम्पाङले भिडियो सन्देशमा भनेका छन्, ‘यसले राष्ट्रिय बेइज्जत भयो । राष्ट्रिय बेइज्जत भएका कारणले राज्य हुनुको पनि मापदण्ड हुन्छ । त्योदेखि तल झारेको कारणले सरकारले राजीनामा दिएर मार्गप्रशस्त गरोस् भन्न चाहन्छु ।
हर्कले सरकार र प्रधानमन्त्री बालेन संग उचित जवाफको अपेक्षा सहित केहि प्रश्न समेत गर्दै भनेका छन, गरीब बनाएर सुकुमबासी हुँदै शरणार्थी बनाउने षडयन्त्र, यो कस्को खेल हो, सुकुमबासी थिए ती थिएनन् नेपाली ? जसको भूमि खोसेर उसलाई सुकुमबासी बनाएको छ आज ती को हुन् ? तीनको यो देश सङ्गको नाता के हो ? तिनका कती पुस्ताले यो देशको भूगोल कुरेर बसे ? बाघ भालु चितुवा र ब्वाँसा सङ्ग जुधेर बारी बिराउने काम किन गरे ति जनताले ?
जनता बिना राज्य र मान्छे बिनाको बस्तीमा शासन गर्छु भन्ने सरकारलाई मानवता बिना मान्छे बन्न सकिन्न भन्ने थाहा नभएको उनको ठहर छ । उनले संयुक्त राष्ट्रसंघले समेत प्रधानमन्त्री वालेन्द्र शाहको गतिविधिलाई मानवताविरोधी र मानवअधिकार हनन भनेको उल्लेख गरेका छन् । प्रधानमन्त्री शाहको अहिलेको शैलीले राज्यसत्ता नचल्ने उनको निस्कर्ष छ ।
