sevenstartv.com १६ वैशाख २०८३, बुधवार

सर्वोच्चद्वारा सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण देखाउ आदेश

१६ वैशाख २०८३, बुधवार स्टार संवाददाता

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण माग गरेको छ । सार्वजनिक पदमा भएका व्यक्तिको सम्पत्ति जाचबुझ गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र त्यसबाहेक राज्यका अरू नियमित निकाय रहेको दाबीसहित ती निकायको कार्यक्षेत्र जुध्नेगरी समानान्तर आयोग गठन भएकोमा प्रश्न उठाउँदै रिट निवेदन दर्ता भएको थियो ।

सम्पत्ति जाँचबुझ आयोग गैरकानुनी भएकाले त्यसको बदर हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको हो । उक्त मुद्दालाई अग्राधिकार (प्राथमिकतामा राख्ने) आदेश समेत दिइएको छ । उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको इजलासले कारण देखाउ आदेश जारी गरेको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्