sevenstartv.com १७ वैशाख २०८३, बिहिवार

शेखर समूहको भेला बालुवाटार सुरु

१७ वैशाख २०८३, बिहिवार स्टार संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसको डा शेखर कोइराला समूहको बागमती प्रदेशका नेताहरूको भेला बालुवाटारको ओपेरा होटलमामा सुरु भएको छ । भेलामा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने पूर्वपदाधिकारी, पूर्वकेन्द्रिय सदस्य, संसद् पूर्वसांसद, प्रदेश सांसद तथा बागमती प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यहरू उपस्थिती रहेको छ ।

गत मंगलबार कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको भेलामा डा. शेखर कोइराला समूहले सहभागिता नजनाएर छुटै भेलाको आवहन गरेको थियो । तर उक्त भेलामा पूर्वमहामन्त्री डा शशाङ्क कोइराला र सुजाता कोइरालाले भने सहभागीता जनाएका थिए ।

पूर्व कार्यवाहक सभापति खड्काले बोलाएको भेलामा डा. कोइरालाले भनेका थिए, भेला गर्नुस्, आफ्नो विचार के हो त्यसबारे धारणा बनाउनुस् तर, हामी आउँदैनौँ । त्यस लगतै डा. कोइरालाले आफैले भेलाको आवहन गरेका थिए ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्