सुनचाँदीको मूल्यमा गिरावट
नेपाली बजारमा अस्थिर अवस्थामा रहेको सुनचाँदीको मूल्यमा बिहीबार केही गिरावट आएको छ । सुन प्रतितोला एक हजार ८०० र चाँदी १०५ रुपैयाँले गिरावट आएको हो ।
आज छापावाल सुनको मुल्य प्रतितोला दुई लाख ९२ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८१० कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका जनाएको छ ।
बुधबार प्रतितोला सुनको मुल्य दुई लाख ९४ हजार ५०० र एक तोला चाँदी चार हजार ९१५ मा कारोबार भएको थियो ।
