कांग्रेसले हटायो सिटौलालाई दलको नेताबाट
कमला पन्तलाई दिइयो दलको नेताको जिम्मेवारी
काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिसभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौलालाई हटाएको छ । कांग्रेसले सिटौलाको ठाउँमा कमलादेवी पन्तलाई मनोनीत गरेको जानकारी गराएको छ ।
सिटौलालाई हटाएर पन्तलाई मनोनीत गर्ने कार्य कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले गरेका हुन् । यस्तै प्रतिनिधिसभा संसदीय दलको उपनेतामा अभिषेक प्रताप शाह, मुख्य सचेतकमा बासना थापा र सचेतकमा निश्कल राई मनोनीत भएका छन् ।
