sevenstartv.com १६ वैशाख २०८३, बुधवार

रास्वपा संसदीय दलको बैठकमा समसामयिक घटनाक्रम बारे छलफल

१६ वैशाख २०८३, बुधवार स्टार संवाददाता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकले समसामयिक घटनाक्रमलाई तत्काल सम्बोधन गर्नुपर्ने र जिल्लाका क्षेत्रहरूको मुद्दाबारे छलफल भएको प्रवक्ता मनिष झाले बताएका छन् ।

सरकारले संसद् अधिवेशन बन्द गरेर अध्यादेश ल्याउनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको कार्य प्रति सर्वत्र आलोचना भइरहेको अवस्थामा सभापति रवि लामिछानेले बुधबार संसदीय दलको अनौपचारिक बैठक बोलाएका हुन् ।  

प्रवक्ता झालेका अनुसार, दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा  सरकार र संसदीय अभ्यासबारे सांसदहरूले पार्टी सभापति र संसदीय दलको प्रमुख सचेतक र सचेतक तथा पदाधिकारीहरूलाई जिज्ञासा र प्रश्नहरू सोध्ने क्रम चलिरहेको छ ।  

सर्वत्र आलोचना भएपछि सभापति लामिछानेले बोलाएको संसदीय दलको अनौपचारिक बैठक दलको कार्यालय सिंहदरबारमा जारी रहेको छ । बैठकमा पहिलो चरणमा २५ जना सांसदले बोल्ने क्रम जारी रहेको जनाइएको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्