सुदूरपश्चिमका मुख्यमन्त्री शाहको शपथ आज, आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार शपथ लिँदैछन्।
मुख्यमन्त्री शाहले सोमबार अपराह्न ४ बजेपछि शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ। दोस्रोपटक मुख्यमन्त्री बनेका शाहले सोमबार नै मन्त्रिपरिषद्लाई पनि पूर्णता दिने तयारी गरेका छन्। मन्त्रीहरूलाई पनि मुख्यमन्त्रीसँगै शपथ गराउने तयारी छ।
सात सदस्यीय मन्त्रिपरिषदमा कांग्रेसलाई मुख्यमन्त्रीसहित तीन, एमालेलाई ३ र नागरिक उन्मुक्ति पार्टीलाई एउटा मन्त्रालय दिनेगरी भागवण्डा टुंगिएको छ।
