sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

शिक्षकका मागप्रति सरकार गम्भीर भएन : महासंघ

९ वैशाख २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । तीन सातादेखि सडक संघर्षमा रहेका शिक्षकहरुले आज पनि प्रदर्शनलाई निरन्तरता दिने भएका छन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले आज पनि बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म माइतीघर-बानेश्वर क्षेत्रमा प्रदर्शन गर्न लागेका हुन् । 

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले आन्दोलनलाई निर्णायक बनाउन अझ जोडबलसहित सहभागी हुन शिक्षकहरूलाई आह्वान गरेका छन्। उनले आन्दोलनमा संयमित र अनुशासित हुन शिक्षकलाई आग्रह गरेका छन् । आन्दोलनलाई परिणाममुखी बनाउन धैर्य, संयम र अनुशासन कायम राख्नुपर्ने उनले बताएका छन् ।

सरकारले आफूहरूको मागलाई गम्भीरतापूर्वक नलिएको भन्दै यसबाट उत्पन्न सबै परिस्थितिको जिम्मा सरकारले नै लिनुपर्ने बताइएको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्