sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

तीन स‌सदीय समितिका बैठक बस्दै

८ वैशाख २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । संघीय संसद्का ३ वटा समितिका बैठक बस्ने भएको छ । 

राज्यव्यवस्था तथा सुशासन समितिको समितिको बिहान ११ बजे बस्ने तय भएको छ। बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची छ । 

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा ‘विधायन ऐन, २०८१’ कार्यान्वयनमा समितिको भूमिका सम्बन्धमा समितिका पूर्व सभापति रामनारायण विडारीसँग छलफल हुनेछ । बैठक दिउँसो पौने १ बजे बस्ने तय भएको छ । 

विधायन व्यवस्थापन समितिको पनि दिउँसो १ बजे बैठक बस्दैछ । बैठकमा पानीजहाज  ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१ मा दफावार छलफल हुने संसद सचिवालयले जनाएको छ। 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्