sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

सहकारी ठगीमा थुनिएका रविको तर्फबाट सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर

सोमबारलाई तोकियो पेशी

७ वैशाख २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तर्फबाट सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन परेको छ ।  

सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासको गत चैत २२ गतेको आदेशले पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका लामिछानेले आफूलाई गैरकानुनी थुनामा राखिएको दाबीसहित बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन् । 

लामिछानेलाई गैरकानुनी थुनाबाट मुक्त गराउन माग गर्दै दायर गरिएको उक्त रिटमा सोमबारलाई पेशी तोकिएको छ । लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशविरुद्ध सर्वोच्चमा निवेदन परिसकेको छ । उक्त निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले उच्च अदालत र जिल्ला अदालतबाट कैफियत प्रतिवेदनसहितका कागजात झिकाउने आदेश गरिसकेको । 

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा यसअघि गत माघ १३ गते उनलाई जिल्ला अदालत रूपन्देहीले १ करोड धरौटीमा छाडेको थियो । तर जिल्लाको उक्त आदेशलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उल्ट्याउँदै रविलाई जेल पठाइदिएको हो । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्