भट्टले किन दिए राजिनामा, गभर्नर को व्यक्ति बनाउने भन्ने बारेमा कांग्रेसले गरेको छैन निर्णय
काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले राजिनामा दिएका छन् । तर भट्टको राजिनामा स्वीकृत भने भएको छैन् ।
राष्ट्र बैंकका जानकारहरु भन्छन्, महान्यायाधिवक्ताको कार्यालयले भट्टलाई गभर्नरको रुपमा नियम संगत गर्न नमिल्ने राय दिएको बताएका छन् । भट्टले शुक्रबार बहालवाला कार्यकारी निर्देशकलाई नै गभर्नर नियुक्त गर्न मिल्न वा नमिलने भन्ने कानुनी अन्यौलता देखिएपछि राजीनामा बुझाएका हुन् ।
गत बुधबार सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेबहारदुर देउवा र प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच गभर्नरको भागवण्डा टुंगिएको हो । गभर्नर कांग्रेसको भागमा पर्नेगरी भागवण्डा टुंगिएको बताइएकाे छ ।
अब बस्ने मन्त्रिपरिषदको बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सम्भावना छ । कांग्रेस एक नेताका अनुसार गभर्नर को ब्यक्ति बनाउने भन्ने टुंगो नलागेको बताएका छन् ।
