आन्दोलनरत शिक्षकलाई सरकारले फेरि बोलायो वार्तामा
काठमाडौं । शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई पुनः वार्तामा बोलाएको छ ।
विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० प्रतिनिधिसभामा पेश भइसकेको भन्दै शिक्षासँग सम्बन्धित माग राख्दै आन्दोलनमा रहेका शिक्षक तथा कर्मचारीहरूलाई शिक्षा मन्त्रालयले फेरि वार्ताका लागि बोलाएको हो ।
यसअघि मन्त्रालयले चैत २१ र २२ गते छलफल र परामर्शका लागि आन्दोलनरत पक्षहरूलाई बोलाएको थियो । यद्यपि, आन्दोलनरत शिक्षकहरूले भने यसअघि पटक(पटक भएका सम्झौता लागु गर्न माग गर्दै वार्तामा बस्न अस्वीकार गर्दै आएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा मंगलबार जारी गरिएको विज्ञप्तिमा शिक्षकहरूलाई २७ चैत २०८१ को बिहान ११ बजे मन्त्रालयमा उपस्थित हुन अनुरोध गरिएको छ ।

