रास्वपाले बाेलायाे सचिवालय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । बैठक बुधबार अपरान्ह ४ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने गरी बोलाएको हो ।
बैठकमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयीक राजनीतिक घटनाक्रमका साथै महाधिवेशन, जनयात्रा, प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्य लगायतमा छलफल हुने भनाइ छ ।
अदालतको आदेशमा पार्टी सभापति रवि लामिछाने शुक्रबार पक्रउ परेपछि सचिवालय बैठक बस्न लागेको हो ।
