sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

पूर्वराष्ट्रपति वा उपराष्ट्रपति राजनीतिमा फर्किने कार्य उपयुक्त नभएको समाजवादीका अध्यक्ष नेपालको तर्क

पुनः माओवादीमा सक्रिय भए राज्यले दिने सुविधा कटौती गर्नुपर्नेमा जोड ।

२६ चैत २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पूर्व राष्ट्रपति वा उपराष्ट्रपति राजनीतिमा पुनः फर्किने कार्य उपयुक्त नभएको बताएका छन् ।

मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रपति वा उपराष्ट्रपतिको पद सक्रिय राजनीति भन्दा बाहिर हुने भएकाले यसलाई सम्मान गर्नुपर्नेसमेत बताएका हुन् । पूर्वराष्ट्रपति वा उपराष्ट्रपति राजनीतिमा पुनः फर्किए राज्यले दिने सुविधा कटौती गर्नुपर्ने उनको भनाइ छ ।

अध्यक्ष नेपालले राष्ट्रपति भएपछि राजनीतिबाट बिदा हुनुपर्ने भएकाले आफूले यसअघि सो पद स्वीकार नगरेको जिकिर गरे । फरक प्रसंगमा उनले भारतले राजसंस्था पुनस्र्थापनामा आफ्नो कुनै संलग्नता नभएको बताएको उल्लेख गर्दै उत्तर प्रदेशका मुख्यमन्त्रीले पनि खण्डन गर्नुपर्ने बताए । 

अध्यक्ष नेपालले हराएर गएको राजतन्त्र कुनै हालतमा नफर्किने तर्क गरे । अध्यक्ष नेपालले विगत १० वर्षको संविधान कार्यान्वयनको समीक्षा गर्दै आवश्यक संशोधन गर्दा उपयुक्त हुने समेत उल्लेख गरेका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्