sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

'रवीन्द्र र धवललाई जस्तो मुद्दा ओली र प्रचण्डलाई पनि लगाउनुपर्छ'

२६ चैत २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष बुद्धिमान तामाङले आफ्नो पार्टीका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर राणालाई लगाएजस्तो मुद्दा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लगाउनुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंको बल्खुमा पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले ओली र प्रचण्ड दुवैले संविधान विरोध अभिव्यक्ति दिँदै हिँडेको आरोप लगाएका हुन् ।

‘सरकारले तुरुन्तै उहाँहरू (रवीन्द्र र धवल) लाई विनाशर्त रिहाइ गरोस् । यसमा सत्यतथ्य के हो रु पार्टीले पनि माग गरेको छ,’ तामाङले भने, ‘‘ यस्तो मुद्दा लगाउने हो भने पहिला कसलाई लाउनुपर्छ थाहा छ रु केपी ओलीलाई लाउनुपर्छ ।’

प्रधानमन्त्री ओली संविधानको विरुद्धमा रहेको उनको भनाइ थियो ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्