sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

राष्ट्र बैंकमा गभर्नर नियुक्तिको गृहकार्य अन्तिम चरणमा

२५ चैत २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्त गर्ने गरी गृहकार्य अघि बढाएको छ । सम्भवतः आज बस्ने मन्त्रिपरिषदको बैठकले नयाँ गभर्नर नियुक्त गर्ने सम्भावना छ । 

मन्त्रिपरिषदको बैठक आज अपरान्ह बस्ने सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। उनले आजको बैठक नियमित भएको बताए । 

गभर्नर महाप्रसाद अधिकारी पाँच वर्षे कार्यकाल पूरा गरेर शुक्रबार बिदा भएसँगै सिफारिस समितिले आज बिहान सिफारिस गर्ने तयारी छ।  सरकारले गठन गरेको सिफारिस समितिमा पूर्वगनर्भर विजयनाथ भट्टराई र  अर्थविद् विश्व पौडेल छन् ।​

पूर्वगभर्नरहरूले व्यवसायी र राजनीतिक दलको लबिइङमा परेका व्यक्तिभन्दा अर्थशास्त्र बुझेका र अहिलेको सुस्त अर्थतन्त्र उकास्न सक्ने व्यक्ति नियुक्त गर्न सुझाव दिएका छन् ।

.गभर्नरमा डेपुटी गभर्नर नीलम ढुंगाना र कार्यकारी निर्देशक गुणाकर भट्ट मुख्य उम्मेदवारको सूचीमा छन् । राष्ट्र बैंककै हाल सञ्चालक सदस्य रवीन्द्र पाण्डे र पूर्वमूख्यसचिव राजेन्द्र किशोर क्षत्री पनि कसरतमा छन् । कांग्रेसको एउटा पक्षले प्रयास गरे पनि पाण्डेलाई गभर्नर बनाउन प्रधानमन्त्री र अर्थमन्त्री विष्णु पौडेल तयार छैनन् । 

नीलमलाई गभर्नर बनाउन स्वार्थ समूहको समेत पहलमा प्रधानमन्त्री स्वयं लागिपरिरहेका छन् भने कांग्रेस सभापति शेरबहादुर देउवा गुणाकरको पक्षमा छन् । राष्ट्र बैंकका अर्का डेपुटी गभर्नर बमबहादुर मिश्र, भर्खरै राजीनामा दिएर गभर्नरको दौडमा आएका राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाश कुमार श्रेष्ठ र नबिल बैंकको सीईओबाट राजीनामा दिएर गभर्नर बन्न कस्सिएका ज्ञानेन्द्र ढुंगाना पनि दाबेदारको रूपमा छन्।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्