sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यको रिटमा सुनुवाइ हुँदै

२१ चैत २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी रिटमा आज पनि सुनुवाइ हुँदैछ । निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटको संयुक्त सुनुवाइ आज हुने भएको हो ।

गत मंगलबारदेखि सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा जारी बहस हिजो पनि नसकिएकाले हेर्दाहेर्दैमा राखिएको थियो । घिसिङले आफ्नो पदावधि बाँकी रहँदै सरकारले पदबाट हटाएको जिकिर गर्दै थमौतीका लागि अन्तरिम आदेश माग गरेका छन् । 

शाक्यले चार वर्षअघि आफूलाई हटाएर घिसिङलाई गरिएको नियुक्ति नै गलत भएको दाबी गरेका छन् । उनले आफूले उक्त नियुक्तिविरुद्ध दायर गरेको रिटमा पहिले सुनुवाइ नभइ घिसिङको रिट अघि नबढाउन माग गरेका छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्