sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

प्रभावयुक्त सामुदायिक विकास आयोजनासम्बन्धी त्रिपक्षीय सम्झौतामा हस्ताक्षर

भारतले ९  स्थानीय तहमा विद्यालय र स्वास्थ्य चौकी निर्माणमा सहयोग गर्ने

१९ चैत २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाल सरकार, भारतीय दूतावास र विभिन्न ९ स्थानीय तहबीच प्रभावयुक्त सामुदायिक विकास आयोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । 

मंगलबर सिंहदरबारमा एक समारोहकाबीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भारतीय दूतावास र ९ स्थानीय तहहरुबीच शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने सम्झौतामा त्रिपक्षीय सम्झौता भएको हो ।

सम्झौताअनुसार भारत सरकारले ९ वटा स्थानीय तहमा विद्यालयका संरचना तथा स्वास्थ्य चौकी निर्माण गर्न आर्थिक सहायता प्रदान गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता कालीप्रसाद पराजुलीले जानकारी दिए । 

पराजुलीकाअनुसार सम्झौता भएका स्थानीय तहहरुमा धनगढी उपमहानगरपालिका, कैलाली, धुर्कोट गाउँपालिका, गुल्मी, चंखेली गाउँपालिका, हुम्ला, बुटवल उपमहानगरपालिका, रुपन्देही, ईन्द्रवती गाउँपालिका, सिन्धुपाल्चोक, जयपृथ्वी नगरपालिका, बझाङ, मिखुवाखोला गाउँपालिका, ताप्लेजुङ, भरतपुर महानगरपालिका, चितवन, लिखुपिके गाउँपालिका, सोलुखुम्बु रहेका छन् । 

उनले सम्झौता कार्यान्वयन हुने प्रत्येक आयोजनाको अधिकतम बजेट सिमा २० करोड रुपैयाँ रहने बताएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्