राष्ट्रपति पौडेलद्वारा दुवै सदनको हिउँदे अधिवेशन अन्त्य
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदका दुवै सदनको चालु अधिवेशन आज राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरेका छन् ।
राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले सङ्घीय संसदका दुवै सदनको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

