नेपाल शिक्षक महासंघले बुधबारदेखि आन्दोलन गर्ने
काठमाडौं । नेपाल शिक्षक महासंघले बुधबारदेखि काठमाडौंमा 'शैक्षिक सडक आन्दोलन' गर्ने भएको छ ।
माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले काठमाडौं जाऔँ अभियानु अन्तर्गत अनिश्चितकालीन शैक्षिक सडक आन्दोलन गर्न लागेको हो । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई बाध्य पार्न आन्दोलन गर्न लागिएको बताइएको छ ।
आन्दोलनमा देशभरका सबै शिक्षक कर्मचारी सहभागी हुने बताइएको छ । काठमाडौं आएका शिक्षक कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौंबाट नफर्किने जनाइएको छ
