संविधान र व्यवस्थाप्रतिको विश्वासमा रास्वपामाथि पटक–पटक प्रश्न उठाउनु सही नभएको सभापति लामछिानेको भनाई
व्यवस्थाका नाममा जनातालाई धोका नदिने चेतावनी
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफ्नो नेतृत्वको पार्टीको संविधान र व्यवस्थाप्रतिको विश्वासलाई लिएर पटक–पटक प्रश्न उठाउनु सही नभएको बताएका छन् ।
पार्टी कार्यालयमा सोमबार कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले व्यवस्थाका नाममा जनतालाई धोका दिन नहुने स्पष्ट पारेका हुन् । उनले पटक–पटक आफ्नो पार्टी वर्तमान लोकतान्त्रिक व्यवस्था र संविधानप्रति प्रतिबद्ध रहेको बताए । रास्वपा गणतन्त्रवादीको कित्तामा छैन कि भनी हिलो छ्याप्ने काम गर्न खोजिएको उनको भनाइ थियो ।
संविधान संशोधन गर्न भनी गठन भएको सरकार संविधान असफल हुन लाग्दा पनि दलहरूलाई चेत नखुलेको लामिछानेको भनाइ थियो । रास्वपा हिंसाको विरोधी भएको पनि लामिछानेले बताउए । उनले लोकतन्त्रभन्दा उन्नत कुनै व्यवस्था नभएको दोहो¥याउनुभयो । राजनीतिक दलहरूले लोकतन्त्रको दुहाइ दिएर आफ्नो वर्षौंका कमजोरी लुकाउने प्रयास नगर्न उनको आग्रह छ ।
