sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

प्रतिनिधिसभामा प्रधानमन्त्रीले असंसदीय भाषा प्रयोग गरेको भन्दै रेकर्डबाट हटाउन राप्रपाकाे माग

१८ चैत २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने क्रममा असंसदीय भाषा प्रयोग गरेको भन्दै रेकर्डबाट हटाउन माग गरेको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले असंसदीय भाषा रेकर्डबाट हटाउन माग गरेका हुन् ।  प्रतिनिधिसभा नियमावलीको नियम २१ विरुद्ध होच्याउने, असंसदीय भाषा प्रयोग गरेकाले हटाउन शाहीले माग गरे । 

प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई गत फागुन २५ गते एयरपोर्टमा गरिएको स्वागतलाई कथित भनेकोमा आफ्नो आपत्ति रहेको शाहीले बताएका छन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्