sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

बागमतीमा सर्वदलीय बैठक बस्दै

१८ चैत २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक बस्ने भएको छ । बागमती प्रदेशसभाको बैठक सञ्चालनको लागि सर्वदलीय बैठक आह्वान गरिएको हो । 

प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले आज अपराह्न ४ः३० बजे प्रदेशसभा सचिवालयका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् । पछिल्लो राजनीतिक घटनाक्रम र प्रदेशसभा सञ्चालनको विषयहरू टुंग्याउन सर्वदलीय बैठक आह्वान गरेको उनले बताए ।

विगतका सहमति, पछिल्लो समय प्रदेश सरकारका कामकाज तथा हालै विकसित राजनीतिक घटनाक्रमको बारेमा छलफल गरेर अघि बढ्ने तयारी गरिएको उनको भनाई छ ।

उनका अनुसार सत्तापक्ष र प्रतिपक्ष बिचका राजनीतिक सहमति कार्यान्वयनका सवालमा छलफल गर्न पनि सर्वदलीय बैठक आह्वान गरिएको उनले बताए । बैठकले प्रदेशसभाको चैत १९ गते बस्ने बैठकका कार्यसूचीका विषयमा पनि निर्णय गर्ने सभामुख पाठकको भनाई छ ।

११० सदस्यीय बागमती प्रदेशसभाका ७ दलको प्रतिनिधित्व रहेको छ । जसमा कांग्रेस ३७, एमाले २७ (उपसभामुख सहित), राप्रपा १३ (सभामुख सहित), एकीकृत समाजवादी ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टी २ सांसद् सहित प्रतिनिधित्व रहेको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्