मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ५ बजे बस्ने भएको हो ।
गत शुक्रबार काठमाडौंको तीनकुने-कोटेश्वर क्षेत्रमा राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेका थिए ।
बैठकले घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको थियो ।
