sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

संसदमा आज प्रधानमन्त्री ओलीले जवाफ दिँदै

१८ चैत २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । गत बुधबारदेखि अवरुद्ध संसदको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा विपक्षी दलहरुले संसदमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद चल्न नदिने अडान लिएपछि आइतबारको दोस्रो बैठक बस्दै नबसी स्थगित भएको हो । 

त्यसअघि आइतबार बसेको बैठकमा विपक्षी दलहरुले अवरोध गरेपछि सत्ता पक्ष र विपक्षी सांसद्हरुबीच होहल्ला भएपछि बैठक स्थगित भएको थियो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरुले कुलमानलाई हटाएको विषयमा उठाएको प्रश्नको जवाफ दिन लागेका हुन् । 

राष्ट्रियस भाको बैठक पनि आजका लागि बोलाइएको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्