स्वागत नेपाल रिहा
काठमाडौं । तीनकुने घटनापछि पक्राउ परेका अधिवक्ता स्वागत नेपाल रिहा भएका छन् । उनलाई अदालतमा उपस्थित नगरेरै रिहा गरिएको हो।
शुक्रबार राजावादीले राजधानीको तीनकुनेमा गरेको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरेपनि प्रहरीले उनको संलग्नता नदेखिएको निष्कर्षसहित रिहा गरेको हो ।
नेपाललाई राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको प्रवक्ता भनेर प्रचार गरिँदै आएको छ । उनी शुक्रबार नै पक्राउ परेका थिए ।
