sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

रवीन्द्र मिश्रलाई म्याद थपका लागि अदालत उपस्थित गराइयो

१७ चैत २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित केहीलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ ।

भर्खरै उनीहरूलाई अदालतभित्र लगिएको हो । उनीहरुलाई सरकारी वकिलको कार्यालय लगिएको थियो । त्यसपछि अदालत उपस्थित गराइएको हो ।
गत शुक्रबार राति पक्राउ परेका उनीहरूलाई राज्यविरुद्धको कसुरमा मिश्र र महामन्त्री धवल शमशेर राणासहित ११ विरुद्ध मुद्दा दर्ता गरेर म्याद थप हुँदैछ ।

आपराधिक उपद्रव र संगठित अपराधमा ४१ जनालाई म्याद थप गर्ने तयारी प्रहरीको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्