ज्ञानेन्द्रको विवेकहीनताले राजावादीको आततायी सभा बनेका माओवादी अध्यक्ष दाहालको दाबी
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार राजावादीले काठमाडौंको तीनकुनेमा गरेको सभा आततायी भिलेनहरूको सभा भएको बताएका छन् ।
आइतबार सिन्धुलीको दुधौलीमा भएको कार्यक्रममा अध्यक्ष दाहालले त्यसदिन गणतन्त्रवादीले सभा नराखेको भए अझ भयंकर आतंक मच्चाउने नियत राजावादीमा भएको जिकिर गरेका हुन् ।
संसारभर एकातिर हिरोहरू र अर्कोतिर भिलेनहरूको उदय हुने गरेको देख्ने गरेको भन्दै उनले चैत १५ गतेको सभा पनि त्यस्तै भएको उनको भनाइ छ । गणतन्त्रवादीहरूको भव्य र अनुशासित सभा सम्पन्न गरेकोमा विभिन्न दलका नेताहरूले आफूलाई धन्यवाद दिएको समेत उनले दाबी गरे । राजावादीको सभामा दुई जना युवाले ज्यान गुमाएकोमा उनले दुःख व्यक्त गरेका छन् ।
ज्ञानेन्द्रकै कारण दुई जना होनहार युवाको ज्यान गएको दाहालको आरोप छ । आफ्नै घरभित्र हत्याकाण्ड मञ्चन गर्न सक्ने उनले जनताका छोराछोरी मरेकोमा केही नभएको दाहालको भनाइ छ ।
