sevenstartv.com २० वैशाख २०८३, आइतवार

चार वटा संसदीय समितिको बैठक आज

३१ साउन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौँ । विभिन्न चार वटा संसदीय समितिको बैठक आज बस्दैछ ।

जसअनुसार आज बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ । 

दिउँसो ३ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ सम्बन्धी उपसमितिको प्रतिवेदन पेस तथा प्रतिवेदन माथि छलफल हुनेछ ।

यस्तै दिउँसो ३ बजे नै बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) बैठकमा समितिको सभापति पदको निर्वाचन सम्बन्धमा छलफल हुनेछ । 

यसैगरि दिउँसो ३ बजे नै बस्ने संसदीय सुनुवाइ समितिमा पनि समितिको सभापति पदको निर्वाचन सम्बन्धमा छलफल हुनेछ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्