sevenstartv.com २० वैशाख २०८३, आइतवार

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रिय सभामा पेश हुँदै

३१ साउन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक ९टीआरसी० आज राष्ट्रिय सभामा टेबुल हुने भएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक बुधबार प्रतिनिधिसभाबाट पारित गरिएको थियो ।

विधेयक पारित भएको सन्देश आज कार्यालय समय शुरु भएलगत्तै राष्ट्रियसभामा पठाइने बताइएको छ । राष्ट्रियसभा बैठकअघि बस्ने कार्यव्यवस्था परामर्श समितिले प्राप्त सन्देशसहित विधेयक टेबुल हुने कार्यसूची छ । 

राष्ट्रियसभाका सचिवले सन्देशसहित प्राप्त विधेयक टेबुल गर्नेछन् । राष्ट्रियसभा नियमावली अनुसार विधेयक टेबुल भएको दुई दिनपछिको बैठकमा छलफल हुने व्यवस्था भएकाले सोहीअनुसार छलफल गरी पारित गर्ने प्रक्रिया अघि बढ्नेछ ।


 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्