sevenstartv.com २० वैशाख २०८३, आइतवार

दुई संसदीय समितिको सभापति आज चयन हुने

३१ साउन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । संघीय संसद अन्तर्गत संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापतिका लागि आज समितिमा निर्वाचन हुने भएको छ ।

सुनुवाइ समितिको सभापतिमा नेपाली कांग्रेसकी नेत्री एवं समिति सदस्य ईश्वरीदेवी न्यौपानेको मात्र उम्मेदवारी परेको छ । उनको मनोनयन प्रस्तावकमा श्यामकुमार घिमिरे र समर्थकमा सुनिता बराल रहेका छन् ।

राज्यका निर्देशक सिद्धान्त समितिमा नेकपा एमालेका नेता एवं समिति सदस्य ठाकुरप्रसाद गैरेको उम्मेदवारी परेको छ । उनको प्रस्तावकमा सरस्वती सुब्बा र समर्थकमा दीलेन्द्रप्रसाद बडु रहेका छन् ।

दुवै समितिको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । सम्बन्धित समितिको बैठकमा प्रस्तावकले उम्मेदवारी सम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले समर्थन गरेपछि प्रस्ताव निर्णयार्थ प्रस्तुत हुनेछ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्