सुशासन र विकासका लागि वर्तमान सरकार बनेको हाे : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका लागि वर्तमान सरकार बनेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले केही भएको छैन भन्ने कुरा गलत भएको भन्दै अझै धेरै कुरा गर्न बाँकी रहेको कुरा स्वीकार गर्नुपर्ने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले आफू यसअघि ३ वर्ष प्रधानमन्त्री बन्दा असाधारण परिवर्तन गरेको तर त्यसपछि बनेका सरकारहरुले काम अघि नबढाउँदा विकास अघि बढ्न नसकेको बताए ।
उनले दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाउनु पनि विगतमा रोकिएका विकास निर्माणका कामहरु अघि बढाउनु रहेको बताए । देशमा सुशासन र विकासको गति तिब्र बनाउन सरकारले काम गरिरहेको बताएका छन् ।
