जेष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र बाध्यकारी नबनाउन सांसद् खतिवडाले गराए सरकारको ध्यानाकर्षण
काठमाडौं । प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले जेष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र बाध्यकारी नबनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबारको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद् खतिवडाले जेष्ठ नागरिकलाई सहज सेवा दिनु राज्यको कर्तव्य भएकाले राष्ट्रिय परिचयपत्र बाध्यकारी बनाउन नहुने बताएका हुन् ।
सम्बन्धित पालिकाबाटै राष्ट्रिय परिचयपत्र बनाउन मिल्ने व्यवस्था गर्न सांसद खतिवडाले सरकारसँग माग गरे । ‘जेष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र बाध्यकारी बनाउन हुँदैन,’ उनले भने, ‘पालिकाहरूबाटै राष्ट्रिय परिचयपत्र बनाउन मिल्ने व्यवस्था गर्न म सरकारसँग माग गर्दछु ।’
