'सरकारले काठमाडौँ महानगरलाई बन्धक बनायो'
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् ज्ञानेन्द्र शाहीले केपी शर्मा ओली नेतृत्वको सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाएर काठमाडौं महानगरपालिकालाई बन्धक बनाएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसद् शाहीले सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा सरसफाइकर्मी र शिक्षक र कर्मचारीले पारिश्रमिक पाउन नसकेको बताएका हुन् ।
नयाँ आएका नगर प्रमुखलाई असहयोग गर्न प्रमुख प्रशासकीय अधिकृत नपठाउनुभन्दा आगामी स्थानीय तहको निर्वाचनमा निर्वाचन नगरी आफ्ना कार्यकर्तालाई अबिर जात्रा गरी नगरप्रमुखको रूपमा पदभार ग्रहण गर्ने व्यवस्था गर्न माग गरेका छन् ।
