sevenstartv.com २० वैशाख २०८३, आइतवार

ट्रम्पको आदेशले यूएसएडका तीन कार्यक्रम रोकिएको अर्थ मन्त्रालयको भनाइ

सम्झौता नभएकाले रकम भने नआएको स्पष्टोक्ति

१२ फागुन २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले डिजाइन भइरहेकै अवस्थामा यूएसएडका तीन कार्यक्रम रोकिएका छन् । 

सोमबार अर्थ मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले सञ्चालन गर्न लागेका जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम रोकिएको जनाएको हो ।

अर्थ मन्त्रालयका अनुसार रोकिएका तीनवटै कार्यक्रम डिजाइनको भइरहेको उल्लेख गरेको छ । रोकिएका तीन कार्यक्रमको सम्झौता समेत नभइसकेकाले कुनै सहयोग प्राप्त नभएको मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।

उनका अनुसार अमेरिकी सहयोग नियोग यूएसएडले नेपालमा सन् १९५१ देखि निरन्तर अनुदान सहायतामार्फत विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्