sevenstartv.com २० वैशाख २०८३, आइतवार

सामाजिक सञ्जालमा अपसंस्कृति भित्रिएको भन्दै शंकर पोखरेलले गरे चिन्ता व्यक्त

१२ फागुन २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा घृणा, आक्रोश र गालीगलौजको अपसंस्कृति भित्रिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस खालको अपसंस्कृति कायम रहने हो भने जो नेता भए पनि जस्तो शासन व्यवस्था आए पनि देश र समाजको अधपतनलाई कसैले रोक्न नसक्ने उल्लेख गरेका छन् । 

उनले लेखेका छन्, ‘आजभोलि नेपाली समाजमा विशेषगरी सामाजिक संजालमा जुन प्रकारको घृणा, आक्रोश र गालीगलौजको अपसंस्कृति भित्रिएको छ, यो कायम रहने हो भने जो नेता भए पनि जस्तो शासन व्यवस्था आए पनि देश र समाजको अधपतनलाई कसैले रोक्न सक्तैन ।’

कुनै पनि देशको विकास र समृद्धिका लागि नेतृत्व प्रतिको भरोसा र भविष्यप्रतिको आशावादिता तथा काम गर्नसक्नेलाई समर्थन र प्रोत्साहनको वातावरण चाहिने उल्लेख गर्दै पोखरेलले समाजको नेतृत्व गर्न चाहने व्यक्ति, समूह र राजनीतिक दलहरू यस्ता कुरामा गम्भीर हुनु पर्ने बताएका छन् ।

 

 

 

 

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्