sevenstartv.com २० वैशाख २०८३, आइतवार

विकास र आवश्यकताका आधारमा बजेट विनियोजन गर्नुपर्नेमा उद्योगमन्त्री भण्डारीको जोड

नेपाली उत्पादनको बजार विस्तार र निर्यात प्रवद्र्धनमा नीतिगत सुधार गर्ने प्रतिवद्धता

११ फागुन २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विकास र वास्तविक आवश्यकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने बताएका छन् । 

ओखलढुङ्गाको लिखु गाउँपालिका-३ मा आयोजित ऐतिहासिक नर्मदेश्वर महोत्सवको उद्घाटन गर्दै मन्त्री भण्डारीले आगामी आर्थिक वर्षको बजेटमा आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखेर विनियोजन गर्नुपर्ने धारणा राखेका हुन् । उनले नेपाली उत्पादनको बजार विस्तार र निर्यात प्रवद्र्धनका लागि सरकारले नीतिगत सुधारहरू गर्दै अघि बढेको उल्लेख गरे । 

मन्त्री भण्डारीले पुराना काम अधुरै छोड्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने र अधुरा परियोजनालाई पूर्ण दिनेतर्फ सबै लाग्नुपर्नेमा जोड दिए ।  न्याय र सामाजिक समानताको प्रत्याभूतिसहित नागरिकलाई न्याय र सामाजिक समानताको प्रत्याभूति दिन शासकीय निकायले स्पष्ट परिणाम निकाल्नुपर्ने मन्त्री भण्डारीको भनाइ छ ।

उनले नेपालको आर्थिक उन्नतिका लागि आन्तरिक र बाह्य लगानी आकर्षित गर्नुपर्नेमा जोड दिएका छन् । एमसिसीलगायत विदेशी अनुदानमा सरकारको निर्भरता घटाउँदै आफ्नै स्रोत र साधनबाट राष्ट्र समृद्ध बनाउने लक्ष्य लिनुपर्ने मन्त्री भण्डारीको भनाइ छ । नेपालमा उत्पादित रातो मासु तथा कृषिजन्य वस्तुको निर्यात बढाउन बिपा सम्झौताका आधारमा कार्य अघि बढाइने उनले बताए । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्