नीतिगत समस्याका कारण जलवायु क्षेत्रमा लक्ष्यअनुसार काम नभएको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको ठहर
राजनीतिक हस्तक्षेपका कारण व्यवस्थापकीय क्षमता कमजोर
काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले नीतिगत समस्या र राजनीतिक स्वार्थका कारणले नेपालले जलवायु परिवर्तनको असर कम गर्न लक्ष्यअनुसार काम गर्न नसकेको बताएको छ ।
आइतबार नेपालको जलवायुसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष मदनकृष्ण शर्माले नीतिगत समस्याका लक्ष्यअनुसार जलवायुको क्षेत्रमा कार्य गर्न नसकिएको बताएका हुन् ।
उनले हरेक क्षेत्रमा राजनीतिक हस्तक्षेप बढ्दै गएका कारण व्यवस्थापीकय क्षमता कमजोर हुँदै गएको बताए । सही ठाउँमा सही मान्छेलाई नियुक्त गर्न सके व्यवस्थापकीय क्षमतामा वृद्धि हुँदै जाने बताएका छन् ।
