sevenstartv.com २० वैशाख २०८३, आइतवार

काठमाडौंलाई व्यवस्थित रुपमा विकास गर्नका लागि काम सुरु गर्छाैं : प्रकाशमान सिंह

११ फागुन २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले अव्यवस्थित रुपमा विकास भइरहेको काठमाडौंलाई व्यवस्थित रुपमा विकास गर्नका लागि अब काम सुरु गर्ने बताएका छन् । 

काठमाडौं उपत्यका भौतिक विकास समितिको आइतबार सहरी विकास मन्त्रालयमा बसेको बैठकमा उपप्रधानमन्त्री सिंहले कुनै न कुनै विन्दुबाट काठमाडौंलाई व्यवस्थित गर्नका लागि काम प्रारम्भ गर्नुपर्ने बताएका हुन् । काठमाडौं कुनै बेला उर्बर कृषि भूमि रहेको भन्दै चाहेर नचाहेर अहिले अव्यवस्थित र कुरुप शहरका रुपमा विकसित हुन पुगेको भन्दै उपप्रधानमन्त्री सिंहले विगतका कमजोरी सच्याउन समय लागे पनि काम भने अघि बढाउने बताए । 

उपप्रधानमन्त्री सिंहले अब बन्ने सहरलाई व्यवस्थित गर्नका लागि शहरी नीति मन्त्रिपरिषद्बाट पारित भइसकेको बताएका छन् । मन्त्रालयमध्ये सहरी विकास मन्त्रालय कान्छो मन्त्रालय भएको भन्दै आफूले नेतृत्व सम्हालेपछि कामले गति पाएको सिंहको भनाइ थियो । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री सिंहले अगाडिको सरकारले गर्न नसकेका राम्रा कामलाई सरकारले पूर्णता दिने पनि बताए ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्