sevenstartv.com २० वैशाख २०८३, आइतवार

माओवादी केन्द्रको ‘जनतासँग माओवादी जागरण अभियान’ फागुन १२ गतेदेखि

झापाबाट सुरु भएको अभियान चैत ७ गते कञ्चनपुरमा समापन हुने

९ फागुन २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रले यही फागुन १२ देखि हुलाकी राजमार्ग केन्द्रित ‘जनतासँग माओवादी जनजागरण अभियान’ सुरु गर्ने भएको छ । 

शुक्रबार पत्रकार सम्मेलन गरेर माओवादीले फागुन १२ गतेदेखि हुलाकी राजमार्ग केन्द्रित जागरण अभियान सुरु हुने जानकारी दिएको हो । पार्टी प्रवक्ता अग्नि सापकोटाले हुलाकी राजमार्ग केन्द्रित जागरण अभियान झापाको केचनाकवलबाट गरिने बताएका हुन् । 

उनले अभियानको समापन चैत ८ गते कञ्जनपुरमा पुगेर गरिने बताए । तराई क्षेत्रका नागरिकले भोग्नुपरेका समस्याबारे  जागरण अभियान केन्द्रित हुने माओवादीले जनाएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्