sevenstartv.com २० वैशाख २०८३, आइतवार

उद्योगहरुमा देखिएका समस्या समाधान गर्न सरकारले तदारुकता देखाउनुपर्नेमा सांसद्हरुको जोड

सरकारले बनाउने कानुन आफ्नै संयन्त्रले कार्यान्वयन नगर्नु दुःखद भएको टिप्पणी

९ फागुन २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । उद्योग तथा कर्पोरेट हाउसहरुमा देखिएका समस्या समाधानका लागि सरकारले तदारुकता देखाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।  उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनीहरुले यस्तो बताएका हुन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् गणेश पराजुलीले उद्योगमा कार्यरत श्रमिकका समस्या समाधान गर्ने दायित्व सरकारको भएको बताए । उनले अहिले उद्योगधन्दा र कर्पोरेट हाउसहरु धराशायी बन्दै गएकाले सरकार गम्भिर हुन जरुरी रहेको बताएका छन् । 

नेकपा एमालेका सांसद हेमराज राईले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिप्रति राज्य जिम्मेवार नभएको आरोप लगाएका छन् । उनले उद्योगाहरुमा आएको समस्याप्रति सरकार बेखबर हुनु दुःखद् भएको बताएका हुन् । कानुन बनाउने निकाय सरकार भएपनि कार्यान्वयनको सवालमा गैरजिम्मेवारीपन देखाउने गरेको उनको टिप्पणी छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्