लक्ष्यअनुसार सवारी चालक अनुमतिपत्र वितरण गर्न नसकेको मन्त्री दाहालको स्वीकारोक्ति
भौतिक मन्त्रालयको प्रगति ७.९ प्रतिशत मात्रै भएपनि निराश नभएको तर्क
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले लक्ष्यअनुसार सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) वितरण गर्न नसकेको स्वीकार गरेका छन् ।
शुक्रबार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा मन्त्री दाहालले स्मार्ट कार्ड वितरणमा मन्त्रालयले प्रगति गर्न नसकेको स्वीकार गरेका हुन् । विपद् व्यवस्थापनको क्षेत्रमा मन्त्रालयले उल्लेख्य प्रगति गरेको भएपनि मूल्यांकन नगरिएको उनको गुनासो छ ।
उनले चालु आर्थिक वर्षको पहिलो अर्धवार्षिक समीक्षाका क्रममा भौतिक मन्त्रालयको प्रगति ७.९ प्रतिशत मात्रै आएको कारण मन्त्रालयको नाम नै प्रगतिको आधारमा ७.९ राखिएको भएपनि आफूहरु निराश नभएको बताए ।
उनले बुटवल-नारायणगढ र मुग्लिङ-पोखरा सडकखण्ड निर्माणमा उल्लेख प्रगति भएको दाबी गरेका छन् ।
