प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र मुलुकको स्थायित्व हुने माअोवादी अध्यक्ष दाहालको दाबी
हचुवाका भरमा संविधान संशोधन भए मुलुक दुर्घटनामा जाने चेतावनी
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र राजनीतिक स्थायित्व कायम गर्नसक्ने बताएका छन् ।
शुक्रबार पोखरामा आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष दाहालले आफू उत्पीडित वर्ग र जातिको पक्षमा रहेको बताएका हुन् । आफू उत्पीडित वर्ग र जातिको पक्षमा रहेको भन्दै अध्यक्ष दाहालले उत्पीडित वर्ग, जाति र समुदायको पक्षमा संघर्ष गर्दै आएको दावी गरे ।
अर्को प्रसंगमा अध्यक्ष दाहालले ८४ को निर्वाचनमा कांग्रेस एमालेलाई गठबन्धन गर्न चुनौती दिए । उनले संविधान संविधान संशोधनका लागि तयार भएपनि सत्तारुढ दलहरुले त्यसको औचित्य पुष्टि गर्नुपर्ने तर्क गरे । उनले संविधान जारी हुने बेलामै माओवादीले फरक मत राखेकाले हचुवाका भरमा संविधान संशोधन भए मुलुकमा दुर्घटना हुने चेतावनी पनि दिएका छन् ।
