sevenstartv.com २० वैशाख २०८३, आइतवार

निजामती सेवा विधेयकमाथि छलफल गर्न ११ सदस्यीय संसदीय उपसमिति गठन

एक महिनाभित्र प्रतिवेदन पेश गर्ने समयसीमा

९ फागुन २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । संसदको राज्य व्यवस्था समितिले निजामती सेवा विधेयकमाथि छलफल गर्न ११ सदस्यीय संसदीय उपसमिति गठन गरिएको छ । नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडुको संयोजकत्वमा निजामती सेवा विधेयकमाथि छलफल गर्न ११ सदस्यीय संसदीय उपसमिति गठन गरिएको हो । 

उपसमितिको सदस्यहरूमा सांसदहरू अशोक राई, इश्वरीदेवी न्यौपाने, चन्दा कार्की भण्डारी, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्र पाण्डे, लिलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ला र हितराज पाण्डे रहेका छन् । 

उपसमितिलाई एक महिनाभित्र विधेयकको प्रतिवेदन समितिमा पेस गर्न समयावधि दिइएको हो । राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले गरेको प्रस्ताव अनुसार यो निर्णय भएको हो ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्