नेपाली भएर बाँच्ने आधार दिन प्रधानमन्त्री ओलीलाई बालेनकाे आग्रह
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपाली भएर बाँच्ने आधार दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जालमा उनले विश्वजगतमा नेपाल र नेपालीको पहिचान धुमिल हुन लागेको भन्दै स्वाभिमानपूर्वक बाँच्न दिन आग्रह गरेका हुन् ।
‘प्यारो प्रधानमन्त्रीज्यू’ भनेर सम्बोधन गरेर उनले नेपाललाई अमेरिकाले भ्रष्ट, भारतले भिखारी भनेको र चीनले गन्नै छाडेको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले आफूलाई महानगरपालिकाकाो मेयर भनेर बिर्सिन र नेपाली भएर बाँच्ने आधार दिन प्रधानमन्त्रीलाई भनेका छन्।
