sevenstartv.com २० वैशाख २०८३, आइतवार

परराष्ट्र मन्त्रालयद्वारा यात्रासम्बन्धी चेतावनी (ट्राभल एडभाइजरी) जारी

थाइल्यान्ड र म्यानमारको जागिरको लोभमा नपर्न आग्रह

८ फागुन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । परराष्ट्र मन्त्रालयले थाइल्यान्ड र म्यानमार यात्रासम्बन्धी चेतावनी (ट्राभल एडभाइजरी) जारी गरेको छ ।  मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी थाइल्यान्ड र म्यानमार जान लागेका नेपाली नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको हो । 

यी मुलुकमा देखिएको मानव बेचबिखन, ठगी तथा अन्य आपराधिक गतिविधिका कारण नेपाली नागरिक जोखिममा परिरहेको भन्दै मन्त्रालयले विशेष सतर्कता अपनाउन पनि भनेको छ । मन्त्रालयले जारी गरेको ट्राभल एडभाइजरीमा विशेष गरी सूचना प्रविधि ९आईटी० क्षेत्रका आकर्षक रोजगारीका अवसरको लोभमा नेपाली फस्ने गरेका घटनाहरू उल्लेख छन् ।

थाइल्यान्ड र म्यानमारमा उच्च तलब र सुविधा भएको भन्दै नेपाली युवालाई गलत तरिकाले फसाइने गरेको र उनीहरूलाई शोषणमा पारिएको सूचना पाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो समय थाइल्यान्ड हुँदै म्यानमारको जोखिमयुक्त क्षेत्रमा जबर्जस्ती लगिएको नेपालीको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ ।

नेपालीमाथि अमानवीय शोषणमा पारिएको, शारीरिक तथा मानसिक यातना भोग्नु परेको तथा बन्धक बनाइएका घटनाहरू सार्वजनिक भइरहेका छन् । मन्त्रालयले आकर्षक जागिर, राम्रो तलब तथा सुविधाको प्रलोभनमा नपर्न आग्रह गरेको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्