नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाविरुद्धकाे मुद्दा हेर्दाहेर्दैमा
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाविरुद्धकाे मुद्दा हेर्दाहेर्दैमा सकिएको छ । आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिर्थराज केसीको इजलासमा भएको झाविरुद्धको मुद्दाको पेशी गरेको थियो ।
उनीविरुद्धको मुद्दा आज थुनछेक बहस नसकिएपछि हेर्दाहेर्दैमा सकिएको हो । अब बिहीबार पुनः सुनुवाइ हुनेछ । थुनछेक बहस सकिएपछि साधारण तारेख तथा धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि कारागार चलान गर्ने भन्ने आदेश आउने छ । जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको प्रतिवेदनको आधारमा मंगलबार काठमाडौं जिल्ला अदालतमा झाविरुद्ध मुद्दा दायर भएको थियो ।
झालाई चार वटा कसुरमा मुद्दा दायर गरिएको छ । ठगी, लिखत कीर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको छ । भारतीय समेत नागरिकता रहेको दाबी गरिएको झाको नेपाली ठेगाना भने पर्साको वीरगञ्ज उपमहानगरपालिका-७ छ ।
