असार मसान्तसम्म सर्वोच्च अदालतमा ८ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने प्रधानन्यायाधीश राउतको घोषणा
कानुन निर्माणमा आफ्नो सीप प्रयोग गर्न कानुन व्यवसायीलाई सुझाव
काठमाडौैं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आगामी असार मसान्तभित्र सर्वोच्च अदालतमा ८ वर्ष नाघेका मुद्दाको संख्या शुन्यमा झार्ने घोषणा गरेका छन् ।
बिहीबार सर्वोच्च बार एशोशिएशनको स्थापना दिवसको अवसरमा भएको कार्यक्रममा प्रधानन्यायाधीश राउतले सर्वोच्चमा आठ वर्ष नाघेका मुद्दाको संख्या हजारौंबाट घटाएर ७८ वटा मात्र बाँकी रहेको बताएका हुन् ।
उनले बाँकी मुद्दासमेत आगामी असार मसान्तसम्म शुन्यमा झार्ने जानकारी दिए । अहिले सर्वोच्चमा पाँच वर्ष नाघेका मुद्दाको संख्या दुई हजार चार सय रहेको उनले बताए । उनले सर्वोच्चबाट फैसला हुने आदेश र फैसलामा सशक्त टिप्पणी गर्न समेत कानुन व्यवसायीहरुलाई आग्रह गरेका छन् ।
