जलविद्युत विधेयकको दफा १७ बाहेकका सबै दफा संसदीय समितिद्वारा पारित
तल्लो र माथिल्लो तटीय क्षेत्रबारे अझै छलफल गर्नुपर्ने ठहर
काठमाडौं । जलविद्युत विधेयकको दफा १७ बाहेकका सबै दफाहरु संसदीय समितिले पारित गरेको छ ।
बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले विधेयकको दफा १७ बाहेक सबै दफा पारित गरेको हो । समिति सभापति दीपकबहादुर सिंहले विधेयकमा भएको भाषिक त्रुटीलाई अन्तिममा मिलाउने सहमति भएको बताएका छन् ।
उनले विधेयकको दफा १७ मा तल्लो तटीय र माथिल्लो तटीय क्षेत्रबारे अझै छलफल गर्नुपर्ने भएको कारण अर्को बैठकले टुंगो लगाउने बताए ।
